दमकमा बस दुर्घटना हुँदा छ जना घाइते
भद्रपुर (झापा)। झापाको दमकमा यात्रुवाहक बस दुर्घटना हुँदा छ जना घाइते भएका छन्।
प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत दमक नगरपालिका–४ मा विराटनगरबाट काँकडभिट्टातर्फ आउँदै गरेको डल्फिन यातायातको बस आज अनियन्त्रित भई सडकको ‘डिभाइडर’मा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा गौरादह नगरपालिका–२ का ३० वर्षीया सुष्मा दर्जी र ४० वर्षीया मिना दर्जी, पथरीशनिश्चरे नगरपालिका–१ मोरङका ३२ वर्षीय समीर पोखरेल, सुनसरीको लौकही–६ का ३० वर्षीय महमद जम्सिर, उर्लाबारी नगरपालिका–९ का ३६ वर्षीया पार्वता लिम्बू र उर्लाबारी नगरपालिका–५ का ५० वर्षीय दीपक भुजेल घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार घाइतेमध्ये जम्सिरको ओँठमा र लिम्बूको बायाँ आँखामा चोट लागेको छ भने अन्यको बाहिरी चोट देखिएको छैन। सबै घाइतेको दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment