कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला

डिसी नेपाल
८ असोज २०८३ १८:२६

इनरुवा। पूर्वी पहाडि तथा तराईका जिल्लामा भएको लगातार बर्षाका कारणले कोशी नदीमा कोशी ब्यारेज भएर वग्ने पानीको बहावमा बृद्धि भएको छ। बिहीबार साँझ ५ः१५ बजे गरिएको मापन अनुसार कोशी ब्यारेज भएर वग्ने पानीको बहाव १ लाख ८५ हजार १३० क्युसेक प्रतिसेकेण्ड रहेको छ।

पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका मुल ५२ वटा र नहरको ४ वटा गरेर कुल ५६ वटा ढोकामध्ये २३ वटा ढोका खुल्ला गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।

पानीको बहावबढेसंगै कोशी ब्यारेजमा खतराको सङ्केत स्वरुप रातो बत्ति बालिएको छ, भने रातो झण्डा समेत फहराइएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।

नदीमा पानीको बहाव अझै बढ्न सक्ने अनुमान सहित जलस्तरको अवस्था निरन्तर अनुगमन भइरहेको कन्ट्रोल रुमले जनाएको छ।

नदीको बहाव बढेसँगै कोशी आसपासका तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले जानकारी दिए।

नेपाल मौसम विज्ञान विभागद्वारा जारी विशेष मौसमी बुलेटिनअनुसार आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म कोशी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *