सशस्त्र प्रहरीका एसपीसँगको विवादपछि गड्डाचौकीका भन्सार अधिकृत भट्ट विभागमा तानिए

डिसी नेपाल
१० असोज २०८३ १६:२९

कञ्चनपुर। कञ्चनपुरस्थित गड्डाचौकी भन्सार कार्यालयका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाई भन्सार विभागमा तानिएको छ। सशस्त्र प्रहरी बल नेपाल ३४ गण कैलालीका गणपति (एसपी) खुमबहादुर केसीबीच भएको भनिएको विवादबारे थप अनुसन्धान गर्नुपर्ने भन्दै विभागले भट्टलाई काठमाडौंस्थित त्रिपुरेश्वर कार्यालयमा हाजिर हुन पत्राचार गरेको हो।

भन्सार पास भएर आएको भारतीय नम्बर प्लेटको गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि दुई अधिकारीबिच विवाद सिर्जना भएको थियो। नियन्त्रणमा लिइएको गाडी तत्काल नछाडे गृहमन्त्रीदेखि प्रहरी महानिरीक्षक (आईजीपी) सम्मलाई भनिदिने धम्की दिँदै भन्सार अधिकृत भट्टले एसपी केसीलाई दबाब दिएको अडियो सार्वजनिक भएको थियो। उक्त अडियो भाइरल भएपछि घटनाले थप चर्चा पाएको थियो।

भन्सार विभागले घटनामा संलग्न पक्षको दोष वा निर्दोषताबारे कुनै निष्कर्ष निकालिनसकिएको र वास्तविकता बुझ्न भट्टलाई बोलाइएको जनाएको छ। घटनाबारे थप अध्ययन र छानबिनपछि आवश्यक प्रशासनिक प्रक्रिया अघि बढाइने विभागको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *