पाल्पामा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु, तीन जना बेपत्ता
पाल्पा। पाल्पाको माथागढी र रिब्दीकोट गाउँपालिकामा खसेको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार माथागढी गाउँपालिका-२, रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका-६, ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको पहिरोमा पुरिएर मृत्यु भएको हो। प्रहरीले दुवै जनाको शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको जनाएको छ।
यसैगरी, माथागढी गाउँपालिका-३ कसेनी भैसीकट्टामा पहिरोले लिलबहादुर घर्तिमगरको घर पुर्दा तीन जना बेपत्ता भएका छन्। पहिरोमा घर्तीको परिवारका दुई जना र छिमेकीकी एक छोरी हराइरहेका छन्।
प्रहरी नायब उपरीक्षक भट्टराईले बेपत्ता भएकाहरूबारे जानकारी दिँदै उनीहरूको खोजी कार्य निरन्तर जारी रहेको बताएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment