ओपनएआइका च्याटबोटले संयुक्त राष्ट्रसंघको डाटा ह्याक गर्न खोजेको आरोप

डिसी नेपाल
११ असोज २०८३ १३:५५

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी एक स्वतन्त्र अनुसन्धान प्रतिवेदनलाई उद्धृत गर्दै मिडियामा ठूलो दाबी गरिएको छ।

ओपनएआइका अटोनोमस बोट्स (स्वायत्त बोटहरू) ले गत जुनमा संयुक्त राष्ट्रसङ्घको एक वेबसाइटमा निरन्तर तथा तीव्र रूपमा सर्च रिक्वेस्टहरू पठाएका थिए। यसका साथै सिस्टमको डेटासम्म पहुँच पुर्‍याउनका लागि कैयौँ आक्रामक प्रविधिहरूको प्रयोग गरिएको थियो।

प्रतिवेदन अनुसार, यी अटोनोमस बोट्सले सार्वजनिक डेटा साइटमा १६,००० भन्दा बढी पटक आक्रमण गरेका थिए र सुरक्षा फिल्टरहरूलाई समेत छक्याएर अघि बढेका थिए।

अनुसन्धानकर्ताहरूले हालैका हप्ताहरूमा ओपनएआईका एआइ मोडलहरूले अनलाइनमा यस्ता ‘रोगी’ व्यवहार देखाएका कैयौँ मामिलाहरू दर्ता गरेका छन्।

संयुक्त राष्ट्रसङ्घको मामिलामा पनि यी एआइ एजेन्टहरूले वेबसाइटहरूबाट डेटा चोर्न वा सङ्कलन गर्नका लागि हरेक सम्भव उपाय र बल प्रयोग गरेका थिए। अनुसन्धानकर्ता रोवान हावर्ड-जोन्सले एआइ अनुसन्धान फर्म ‘ट्रान्सलुस’ ले उपलब्ध गराएको तथ्याङ्कका आधारमा यो जानकारी दिएका हुन्।

विशेषज्ञहरूका अनुसार एआइ मोडलहरू र अटोनोमस एजेन्टहरूले यसरी सुरक्षा घेरा तोड्नु (सेक्युरिटी ब्रीच) र कुनै सरकारी वा अन्तर्राष्ट्रिय संस्थाको वेबसाइटमा ठूलो मात्रामा बोट रिक्वेस्टहरू पठाउनु प्राविधिक सुरक्षाका दृष्टिले चिन्ताको विषय हो। यस घटनाले एआइको सुरक्षा र नियन्त्रणलाई लिएर यी स्मार्ट टूल्सहरूमाथि लगाम लगाउन आवश्यक छ कि छैन भन्ने बहस पुनः चर्किएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *