आशिष–रचनाको स्वरमा ‘चुलबुले नानी’, रिमा श्रेष्ठको गीतले बटुल्दै चर्चा
काठमाडौं। गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा रहेको नयाँ गीत ‘चुलबुले नानी’ सार्वजनिक भएको छ। लोक शैली, आधुनिक प्रस्तुति र आकर्षक नृत्यको संगम रहेको गीतको भिडियोले सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको निर्माण पक्षले जनाएको छ। ऊर्जावान लोक–नृत्य शैलीमा तयार गरिएको गीतमा आशिष अविरल र रचना रिमालको स्वर रहेको छ भने संगीत आशिष अविरलकै हो। गीतका शब्द रिमा श्रेष्ठले लेखेकी हुन्।
म्युजिक भिडियोमा कलाकार सुरेश कोहली र जुना सुन्दासको अभिनय तथा नृत्य देख्न सकिन्छ। भिडियोको निर्देशन सोनाम पाख्रिनले गरेका हुन्। सियोन श्रेष्ठले कोरियोग्राफी तथा माधव ढुङ्गानाले सहायक कोरियोग्राफी गरेका छन्।
गीतको एरेन्ज कुशल सिंह निलले गरेका छन्। रेकर्डिङ शिशिर परियार र कृष्ण लामिछानेले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ आशिष अविरलले गरेका छन्। गीतको सम्पूर्ण रेकर्डिङ रागा रेकर्ड्स एण्ड रिसर्च सेन्टरमा गरिएको हो। चर्चित सिनेमेटोग्राफर उत्सव दाहालले छायांकन गरेको भिडियोको सम्पादन बिजेश पौडेलले गरेका छन्। ज्योति केसीको मेकअप रहेको भिडियोमा दिपेन गौतम माइकल प्रोडक्सन म्यानेजरका रूपमा रहेका छन् भने कुशल गुरुङ निर्माता हुन्।
देशभक्ति, आधुनिक तथा प्रेमभावका गीत लेख्दै आएकी गीतकार रिमा श्रेष्ठले नेपाली कला, भाषा र संस्कृतिलाई गीत–संगीतमार्फत प्रवर्द्धन गर्ने प्रयास गर्दै आएको बताएकी छन्। ‘चुलबुले नानी’लाई दर्शक तथा श्रोताबाट प्राप्त माया र प्रतिक्रियाप्रति खुसी व्यक्त गर्दै श्रेष्ठले भनिन्, लोक नृत्य शैलीमा तयार पारिएको ‘चुलबुले नानी’लाई माया गर्नुहुने सम्पूर्ण दर्शक–श्रोताप्रति हृदयदेखि नै नमन गर्न चाहन्छु।
No ads found for this position



डिसी नेपाल
Facebook Comment