प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
ग्लोबल ग्ल्यामर भेन्चरद्वारा काठमाडौँमा आइतबार आयोजित 'मिस युनिभर्स नेपाल २०२६' को ग्रान्ड फिनालेमा 'मिस युनिभर्स नेपाल २०२६' को विजेता प्रयश्ना गुरुङ । तस्बिर : किरणराज विष्ट/रासस
काठमाडौं। प्रयासना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’को प्रतिष्ठित उपाधि जितेकी छन्। काठमाडौंको होटल सोल्टी क्राउन प्लाजामा आयोजित भव्य ग्रान्ड फिनालेमा १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै २४ वर्षीया गुरुङले ताज आफ्नो नाममा गरेकी हुन्।
आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चर्सले आयोजना गरेको सोही कार्यक्रममा झापाकी २७ वर्षीया बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल २०२६’ घोषित गरिएको छ।
बेलायत बस्दै आएकी विजेता प्रयासना गुरुङ महिला सशक्तिकरणकी अभियन्ता हुन्। उनले ‘द डिग्निटी प्रोजेक्ट’मार्फत नेपाली महिलाहरूलाई डिजिटल मार्केटिङ, वित्तीय साक्षरता र उद्यमशीलता सम्बन्धी सीपमूलक निःशुल्क अनलाइन कार्यशाला सञ्चालन गर्दै आएकी छन्।
प्रतियोगिताको मुख्य निर्णायक मण्डलमा बलिउड अभिनेत्री तथा पूर्व मिस युनिभर्स इन्डिया सेलीना जेटली र मोडल मनिका विश्वकर्मा लगायत रहेका थिए।
अब विजेता प्रयासना गुरुङले पोर्तो रिकोमा हुने अन्तर्राष्ट्रिय ‘मिस युनिभर्स’ प्रतियोगितामा र बिनिता ओलीले फिलिपिन्सको मनिलामा आयोजना हुने ‘मिस अर्थ’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment