एनआरएनए अमेरिकाले परराष्ट्रमन्त्री खनाललाई बुझायो १७ बुँदे सुझाव

डिसी नेपाल
१२ असोज २०८३ १८:५७

काठमाडौं। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाले परराष्ट्रमन्त्री शिशिर खनाललाई १७ बुँदे सुझाव बुझाएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्यूयोर्कमा रहेका मन्त्री खनाललाई एनआरएनए अमेरिका अध्यक्ष सतेन्द्र साह नेतृत्वको टोलीले भेटेर गैरआवासीय नेपालीका समस्या, हकहित तथा नेपालको विकासमा डायस्पोराको सहभागितासम्बन्धी सुझाव बुझाएको हो।

ज्ञापनपत्रमा गैरआवासीय नेपाली ऐन, २०८३ को मस्यौदा परिमार्जन, गैरआवासीय नेपाली नागरिकताको व्यावहारिक कार्यान्वयन, लगानी सुरक्षा, विदेशबाट मतदानको व्यवस्था तथा कन्सुलर सेवा सुधारलगायतका विषय समेटिएका छन्।

यस्तै, गैरआवासीय नेपालीका लागि लगानी सहजीकरण, विदेशमा रहेका नेपालीको सुरक्षा तथा आपत्कालीन उद्धार, कानुनी सहायता, डायस्पोरा समन्वय केन्द्र स्थापना र विदेशमा रहेका नेपालीको सीप तथा पूँजीको अभिलेख राख्नेसहितका सुझाव दिइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *