कांग्रेस १५औं महाधिवेशन: पेशागत विज्ञ समूहबाट महाधिवेशन प्रतिनिधिमा इ. अशोक धमलाको उम्मेदवारी

डिसी नेपाल
१२ असोज २०८३ २०:३२

काठमाडौँ – नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र विभिन्न तह र समूहबाट नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गर्ने क्रम तीव्र बनेको छ। यसै क्रममा नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) का निवर्तमान केन्द्रीय सदस्य इ. अशोक धमलाले केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि आफ्नो औपचारिक उम्मेदवारी दर्ता गराएका छन्।

धमलाले धादिङ क्षेत्र नं. २ बाट पेशागत विषय विज्ञ समूह अन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा आफ्नो मनोनयन दर्ता गराएका हुन्। लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका इन्जिनियर धमलाले पार्टीलाई समयानुकूल गतिशील, समावेशी र विचारशील बनाउन पेसागत तथा विज्ञ युवाहरूको प्रतिनिधित्व अनिवार्य रहेको बताएका छन्।

पार्टीभित्र अग्रजहरूको अनुभव र त्यागलाई सम्मान गर्दै युवा पुस्ताको ऊर्जा र लगनशीलतालाई प्रोत्साहन गर्नुपर्नेमा धमलाको जोड छ। “नेपाली कांग्रेसलाई नयाँ सोच, नयाँ विचार र नयाँ जोसका साथ अगाडि बढाउन पेसागत क्षेत्रका युवाहरू राजनीतिको मूलधारमा आउनु आवश्यक छ,” उम्मेदवारी दर्ता पछि उनले भने।

धादिङ क्षेत्र नं. २ मा युवा तथा पेसाकर्मीहरू माझ लोकप्रिय मानिने धमलाले मनोनयन दर्तासँगै क्षेत्रीय प्रतिनिधि, शुभेच्छुक तथा पार्टी कार्यकर्ताहरूसँगको भेटघाट र चुनावी अभियानलाई थप तीव्र बनाएका छन्। पेसागत विषय विज्ञ समूहबाट महाधिवेशन प्रतिनिधि चुनिएर पार्टीको नीति निर्माण र सांगठनिक सुदृढीकरणमा रचनात्मक योगदान पुर्‍याउने उनको प्रतिबद्धता छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *