राति हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली, पहाडी र तराईका भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।
सोमबार राति देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रही तराईका भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। सो अवधिमा हिमाली र पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
यस्तै, मङ्गलबार देशभर आंशिक बदली रहनेछ भने हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।
बुधबारदेखि भने मौसममा थप बदलाव आउने महाशाखाको अनुमान छ। बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एक-दुई स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी, देशका पहाडी भूभागका थोरै स्थान र कोशी प्रदेशको तराई क्षेत्रका एक-दुई स्थानमा समेत मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment