सिमलताल नजिक सडक भासियो, एकतर्फी आवागमन

डिसी नेपाल
१२ असोज २०८३ २०:३३

चितवन। मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा सडक भासिएपछि यातायात एकतर्फी भएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सिमलतालको चेनएज भन्ने स्थानमा करिब ७० मिटर सडक भासिएको हो।

सडक भासिएपछि सो क्षेत्रमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेकाले यात्रा गर्दा सावधानी अपनाउन तथा लेन अनुशासन पालना गर्न कार्यालयले आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *