गुण्डुमा पाथिभरा माताको मन्दिर
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका गुण्डुमा आज पाथिभरा माताको मन्दिर स्थापना गरिएको छ।
गुण्डुको पाँच रोपनी क्षेत्रफलमा प्रसिद्ध पाथिभरा माताको ३५० केजीको अष्ट धातुबाट निर्माण गरिएको मन्दिरको आज प्राणप्रतिष्ठा गरिएको हो।
पाँच महीना लगाएर ११ लाखमा निर्माण गरिएको पाथिभराको मन्दिरको निर्माणसँगै भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि हुने आयोजकले जनाएका छन्।
मन्दिर निर्माणका लागि श्रीमद्देवी भागवत ज्ञान महायज्ञको समेत आयोजना गरिएको छ। पण्डितहरुले पाथिभरा वैष्णोदेवी मन्दिरको प्राण प्रतिष्ठा गरेका थिए।
सांसद महेश बस्नेतले मन्दिरको उद्घाटन गरे।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment