कांग्रेस १५औँ महाधिवेशनबारे देउवा पक्षद्वारा निर्वाचन आयोगलाई जानकारी
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनको प्रस्तावित कार्यतालिकाबारे निर्वाचन आयोगलाई औपचारिक जानकारी गराएको छ।
निवर्तमान सभापति देउवाको हस्ताक्षरसहितको पत्र मङ्गलवार निर्वाचन आयोगमा दर्ता भएको हो। आयोगका अनुसार पत्रमा आगामी असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने विवरण उल्लेख गरिएको छ।
देउवा पक्षले सार्वजनिक गरेको प्रस्तावित कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते गाउँ तथा नगरपालिका अधिवेशन र असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने तयारी गरिएको छ। महाधिवेशनको अन्तिम चरणका रूपमा मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन सञ्चालन हुनेबारे आयोगलाई लिखित रूपमा अवगत गराइएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment