बाढीपहिरो उद्धारमा हाम्रा कार्यकर्ता नै सबैभन्दा बढी खटिए, वाईसीएललाई समातेर जनता रोए : प्रचण्ड

डिसी नेपाल
१५ असोज २०८३ २०:५४

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढीपहिरो प्रभावित क्षेत्रको खोज तथा उद्धारमा आफ्नै पार्टीका नेता-कार्यकर्ता अग्रपंक्तिमा खटिएको दाबी गरेका छन्।

बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै संयोजक प्रचण्डले विपद्को घडीमा आफ्नो पार्टी पंक्ति प्रभावकारी रूपमा जनताको सेवामा जुटेको बताएका हुन्।

‘आन्दोलनका बेला लाखौँ कार्यकर्ता उतार्ने दाबी गरे पनि विपद्‌मा किन उपस्थिति देखिएन?’ भन्ने सञ्चारकर्मीको प्रश्नको प्रतिवाद गर्दै उनले अरू कसैको भन्दा आफ्ना कार्यकर्ताको उपस्थिति प्रभावकारी रहेको जिकिर गरे।

‘सबभन्दा राम्रोसँग फिल्डमा खटिने हाम्रै पार्टीका कार्यकर्ता हुन्,’ प्रचण्डले भने, ‘तपाईंहरूले हेर्नुभयो भने रसुवा, नुवाकोट र धादिङमा जनताले वाईसीएललाई समातेर रुनेसम्मका दृश्य देख्नुभयो होला। यो विपद्‌मा अरू को परिचालित भयो?’

उनले पार्टीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) लगायतका नेता-कार्यकर्ताहरू प्रभावित क्षेत्रमा पुगेर उद्धार, राहत वितरण तथा अवरुद्ध सडक खुलाउने काममा निरन्तर सक्रिय रहेको दाबी गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *