नेपालमा वुलिङका विद्युतीय सवारीः ८ वर्षको वारेन्टीसहित तीन फरक मोडल उपलब्ध
काठमाडौं। नेपालमा विद्युतीय सवारीप्रतिको आकर्षण निरन्तर बढिरहेको अवस्थामा, विश्वविख्यात अटोमोबाइल साझेदारी एसएआईसी-जीएम-बुलिङ (जसमा जनरल मोटर्स पनि आबद्ध छ) द्वारा निर्मित विश्व बजारमा स्थापित अटोमोबाइल ब्रान्ड ‘बुलिङ’ले नेपाली बजारमा आफ्ना विद्युतीय सवारीमार्फत ग्राहकहरूको आवश्यकता सम्बोधन गरिरहेको छ। नेपालमा बुलिङका सवारीको आधिकारिक आयात तथा वितरण प्यारामाउन्ट मोटर्स प्रा.लि. ले गर्दै आएको छ।
कम्पनीले विभिन्न ग्राहकको आवश्यकता र जीवनशैलीलाई लक्षित गर्दै नेपाली बजारमा हाल एक्सियन, मिनी ईभी र डेरियन गरी तीन फरक श्रेणीका विद्युतीय मोडल उपलब्ध गराउँदै आएको छ।
पहिलो मोडल बुलिङ एक्सियन पाँच प्लस दुई सिट क्षमताको विद्युतीय एसयूभी हो, जसले शक्ति, दक्षता र बहुउपयोगितालाई एउटै प्याकेजमा प्रस्तुत गर्छ। यस एक्सियनमा ६९.२ किलोवाट घण्टा क्षमताको ब्याट्री, ५३० किलोमिटरसम्मको रेन्ज, १५० किलोवाट क्षमताको मोटर र ३१० न्यूटन मिटर टर्क उपलब्ध गराइएको छ।
त्यसैगरी दोस्रो मोडल बुलिङ मिनी ईभी चार ढोका र चार सिट क्षमतासहित दैनिक सहरी प्रयोगका लागि लक्षित कम्प्याक्ट कार हो। ‘Fun Everyday, For Everyone’ अवधारणासहित ल्याइएको यस मिनी ईभीमा २५.१ किलोवाट घण्टा क्षमताको ब्याट्री, एकपटकको फुल चार्जमा ३०१ किलोमिटरसम्मको दाबी गरिएको दूरी र ३० किलोवाट क्षमताको मोटर रहेको छ।
तेस्रो मोडलका रूपमा रहेको बुलिङ डेरियन परिवार-केन्द्रित प्रयोगका लागि थप स्थान र उत्कृष्ट प्रदर्शन प्रदान गर्ने सात सिटर एमपीभी हो। यसमा ६९.२ किलोवाट घण्टा क्षमताको ब्याट्री, ५४० किलोमिटरसम्मको रेन्ज, १५० किलोवाट क्षमताको मोटर र ३१० न्यूटन मिटर टर्क समावेश छ।
बुलिङको नेपाली बजारमा रहेका उत्पादन शृङ्खलाको सबैभन्दा महत्त्वपूर्ण पक्ष यसको दीर्घकालीन वारेन्टी सुविधा हो। बुलिङले आफ्ना यी मोडलहरूमा ट्र्याक्सन मोटर तथा उच्च भोल्टेजब्याट्रीका लागि ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर (जुन पहिले पुग्छ, त्यही अवधि) सम्मको वारेन्टी प्रदान गर्दछ।
विद्युतीय सवारी खरिद गर्दा ग्राहकका लागि ब्याट्री तथा विद्युतीय मोटरको दीर्घकालीन विश्वसनीयता प्रमुख विषय बन्ने गरेको अवस्थामा, यस्तो ८ वर्षे वारेन्टी सुविधाले सवारीको दीर्घकालीन स्वामित्व र भरोसा प्रदान गर्ने अपेक्षा गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment