समृद्ध नेपाल निर्माणमा आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

डिसी नेपाल
१६ असोज २०८३ १९:१६

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले समृद्ध र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि आर्थिक कूटनीतिलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताएका छन्।

काठमाडौंमा आज आयोजित ‘समृद्ध नेपालका लागि आर्थिक कूटनीति’ विषयक चौथो एआइडिया नेपाल विशिष्ट व्याख्यान शृंखलामा मुख्य वक्ताका रूपमा बोल्दै उनले यस्तो बताएका हुन्।

मन्त्री खनालले नेपालको परराष्ट्र नीति मुलुकको आन्तरिक रूपान्तरणका लागि सक्रिय बाह्य माध्यमका रूपमा प्रयोग हुनुपर्ने बताए। बलियो र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक प्रयासलाई प्रत्यक्ष रूपमा जोड्नुपर्ने उनको भनाइ थियो।

उनले नेपालको रणनीतिक भौगोलिक अवस्थालाई मुलुकको सबैभन्दा ठूलो प्राकृतिक सम्पत्तिका रूपमा उपयोग गर्नुपर्ने बताए। सहज अन्तरदेशीय सम्पर्क, स्वच्छ ऊर्जा निर्यात, डिजिटल नवप्रवर्तन तथा स्वदेशी र अन्तर्राष्ट्रिय पुँजी साझेदारीमार्फत नेपाललाई क्षेत्रीय आर्थिक सेतुका रूपमा विकास गर्नुपर्ने उनले बताए।

मन्त्री खनालले जलवायु न्यायप्रति नेपालको प्रतिबद्धता दोहोर्‍याउँदै यस विषयमा अन्तर्राष्ट्रिय समुदायसँग थप सहकार्य आवश्यक रहेको बताउदै राष्ट्रिय समृद्धिका लागि सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारबीच एकीकृत र साझा प्रयास आवश्यक रहेकोमा पनि उनले जोड दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *