उज्यालो नेपाल पार्टी मूलधारको शक्ति बन्छ : अध्यक्ष घिसिङ
रामेछाप । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी मुलुकको प्रमुख राजनीतिक मूलधारको शक्तिका रूपमा स्थापित हुने दाबी गरेका छन्।
शुक्रबार मन्थलीमा उज्यालो नेपाल पार्टी रामेछाप समन्वय समितिद्वारा आयोजित विस्तारित बैठक, भेला तथा पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले उक्त दाबी गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुकलाई परम्परागत राजनीतिको बेथितिबाट बाहिर निकाल्न स्पष्ट दूरदृष्टि, सुशासन र परिणाममुखी एजेन्डासहितको नयाँ शक्तिको आवश्यकता रहेको औँल्याए। आफ्नो पार्टीमा सबै जातजाति र समुदायका नागरिक अट्ने समावेशी संरचनाका साथै विषयगत विज्ञहरूको सहभागिता रहेको उनको भनाइ थियो।
सम्बोधनका क्रममा अध्यक्ष घिसिङले भने, ‘हामी गफ र आश्वासनमा सीमित नभई जनतालाई प्रत्यक्ष परिणाम दिने राजनीति गर्न आएका हौँ। जसरी लोडसेडिङ अन्त्य गरेर देशलाई उज्यालो बनाइयो, त्यसैगरी सुशासन र विकासका माध्यमबाट सिङ्गो मुलुकको सामाजिक तथा आर्थिक अवस्था उज्यालो बनाउन यो पार्टी मैदानमा उत्रिएको हो।’
नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा पूर्वमन्त्री समेत रेका घिसिङले आफूहरू व्यवस्थापकीय क्षमता र जनविश्वासको जगमा अघि बढेको उल्लेख गर्दै आगामी दिनमा यो पार्टी नै जनताको पहिलो रोजाइ बन्ने विश्वास व्यक्त गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment