कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स तैनाथ
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई लक्षित गरी ३० जना स्वास्थ्यकर्मीसहितको विशेष हेल्थ डेस्क तयार गरिएको छ।
आयोजक समितिको स्वास्थ्य समितिका संयोजक डा. केदारनरसिंह केसीका अनुसार महाधिवेशन स्थल खुला मञ्चको पश्चिमतर्फ पाँचवटा स्टलमार्फत सामान्य स्वास्थ्य परीक्षण तथा आकस्मिक उपचार सेवा सञ्चालन गरिनेछ।
दुई सिफ्टमा सञ्चालन हुने उक्त डेस्कमा ८ जना चिकित्सक, पारामेडिक्स र नर्सहरू खटिनेछन् भने ब्लड प्रेसर, सुगर जाँचका साथै सिटामोल, जीवनजल र घाउचोटका लागि आवश्यक औषधिहरू निःशुल्क वितरण गरिने व्यवस्था मिलाइएको छ।
नेपाल स्वास्थ्यकर्मी संघकी उपमहासचिव शोभा उप्रेती खरेलका अनुसार हेल्थ डेस्कमा आयुर्वेद र एलोपेथिक दुवै पद्धतिबाट सेवा प्रदान गरिनेछ।
जटिल वा आकस्मिक अवस्थाका बिरामीलाई तत्काल अस्पताल पुर्याउन महाधिवेशन स्थलमै दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन् भने नजिकैका वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र वसुन्धारास्थित वीपी स्मृति अस्पतालसँग समन्वय गरिएको छ। यसका साथै रातिको समयका लागि ‘अन कल’ ड्युटीको प्रबन्ध गरिएको छ र प्रति
No ads found for this position



डिसी नेपाल
Facebook Comment