बढी हवाई भाडा असुले १५ लाखसम्म जरिबाना हुने

डिसी नेपाल
१७ असोज २०८३ १६:२१

काठमाडौं । चाडपर्व, मौसम खराबी तथा विपद्का समयमा स्वीकृत दरभन्दा बढी हवाई भाडा असुल्ने र टिकटमा कालोबजारी गर्ने वायुसेवा कम्पनीहरूमाथि सरकारले कडा कारबाही गर्ने भएको छ।

सङ्घीय संसद्मा पेस गरिएको ‘नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३’ मा नियमविपरीत बढी भाडा असुल्ने कार्यलाई कसुर मान्दै कडा जरिबानाको व्यवस्था प्रस्ताव गरिएको छ।

विधेयकको दफा ४७ (ड) अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको दरभन्दा बढी भाडा लिएर उडान सञ्चालन गरेमा त्यसलाई कानुनी रूपमा कसुर ठहर गरिनेछ।

यस्तो कसुर प्रमाणित भएमा विधेयकको दफा ४८ बमोजिम सम्बन्धित वायुसेवा सञ्चालक वा व्यक्तिलाई ५ लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म जरिबाना गर्न सकिनेछ।

त्यस्तै, कारबाहीमा परिसकेको व्यक्ति वा संस्थाले पुनः सोही कसुर दोहोर्‍याएमा अघिल्लोपटक गराइएको जरिबानाको दोब्बर रकम जरिबाना तिराउने कडा व्यवस्थासमेत विधेयकमा समेटिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *