स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु

डिसी नेपाल
२२ असोज २०७६ १३:३५
8
Shares

रुपन्देही । कञ्चन गाउँपालिका–१ राताडाँडास्थित सडकमा बा ९० प ५४०६ नम्बरको स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

मंगलबार साँझ अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटर चालक सोही ठाउँका २९ वर्षीय कृष्ण भुर्तेल उपचारको क्रममा प्रादेशिक लुम्बिनी अस्पतालमा उपचारको क्रममा मृत्यु प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका स्कुटरमा सवार सोही ठाउँ बस्ने २१ वर्षीय टिकाराम भुर्तेल र पन्चरत्न भुर्तेलको सोही अस्पतालमा उपचार भइरहेको छ।

घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *