आज राति कोशी, बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना

डिसी नेपाल
१७ असोज २०८३ २०:३९

काठमाडौं । शनिबार राति कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यी तीन प्रदेशका हिमाली,पहाडी र तराई भूभागको एक–दुई स्थानमा मध्यम सम्मको वर्षा हुनेछ।

आइतबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमामा आंशिक बादल लाग्नेछ।

महाशाखाका अनुसार देशका तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक/दुई स्थानमा मध्यम सम्मको वर्षासंगै हिमपातको सम्भावना छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *