रास्वपाले बनायो स्थानीय तह निर्वाचन उम्मेदवार छनोट समिति, विपिन आचार्य संयोजक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्न विशेष समिति गठन गरेको छ।
पार्टीका महामन्त्री विपिन आचार्यको संयोजकत्वमा उक्त उम्मेदवार छनोट समिति गठन गरिएको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।
प्रवक्ता खरेलका अनुसार गठित समितिमा मिलन लिम्बु, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैद्धिक, टासी ल्हाजोम र जनकसिंह धामी सदस्यका रूपमा रहेका छन्।
समितिलाई समावेशी र सन्तुलित बनाउन सातै प्रदेशको प्रतिनिधित्व हुने गरी संरचना तयार पारिएको छ। यसका साथै, सातै प्रदेशका रास्वपा प्रदेश सभापतिहरू यस समितिमा पदेन सदस्य रहने व्यवस्था गरिएको प्रवक्ता खरेलले बताए।
केन्द्रीय समितिको बैठकपछि जानकारी दिँदै प्रवक्ता खरेलले समितिमा अन्य केही सदस्यहरू मनोनयन गर्न अझै बाँकी रहेको र चाँडै पूर्णता दिइने स्पष्ट पारे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment