‘प्रिया पत्थर साहित्य पुरस्कार’ पाण्डे र ‘पूर्ण-कृष्ण स्मृति पुरस्कार’ ज्ञवालीलाई प्रदान गरिने
धनगढी । प्रिया पत्थर साहित्य परिषद् धनगढीले वर्ष २०८३ को ‘प्रिया पत्थर साहित्य पुरस्कार’ र ‘पूर्ण-कृष्ण स्मृति साहित्य पुरस्कार’ घोषणा गरेको छ।
परिषद्की अध्यक्ष हेमन्ती जोशीद्वारा जारी विज्ञप्तिअनुसार २०८२ सालमा प्रकाशित भई प्राप्त भएका ३८ थान साहित्यिक कृतिहरूमध्ये मूल्याङ्कनकर्ताको मूल्याङ्कनका आधारमा कथाकार पुष्प राज पाण्डेको कथासङ्ग्रह ‘किनार’ सर्वोत्कृष्ट ठहरिएकाले २०८३ सालको ‘प्रिया पत्थर साहित्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको हो। कथासङ्ग्रह ‘किनार’ कथाकार पाण्डेको पहिलो कृति हो। यस पुरस्कारको राशि रु. पैँतिस हजार रहेको छ।
त्यसैगरी, वरिष्ठ साहित्यकार श्रेष्ठ प्रिया पत्थरले आफ्ना मातापिताको नाममा स्थापना गरेको ‘पूर्ण-कृष्ण स्मृति साहित्य पुरस्कार-२०८३’ दीर्घ साहित्यिक योगदानको आधारमा भैरहवा निवासी वरिष्ठ साहित्यकार रुद्र ज्ञवालीलाई समर्पण गरिने भएको छ। ज्ञवाली कथा, लघुकथा, कविता, गजल तथा मुक्तक विधाका स्थापित साहित्यकार हुनुहुन्छ। यस पुरस्कारको राशि पच्चिस हजार रहेको छ।
यी दुवै पुरस्कार परिषद्को आगामी विशेष कार्यक्रम आयोजना गरी भव्य रूपमा स्रष्टाहरूलाई अर्पण गरिने परिषद्ले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment