लोकतन्त्र र संविधान रक्षाका लागि सडक र सदनबाट संघर्ष गर्न एमाले सांसदहरूलाई ओलीको निर्देशन
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि सडक र सदन दुवै मोर्चाबाट सशक्त आन्दोलन तथा संघर्षको तयारीमा जुट्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्। ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आइतबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्।
संसदमा एमाले संख्यात्मक रूपमा सानो प्रतिपक्ष भए पनि लोकतन्त्र र संविधान निर्माणमा खेलेको ऐतिहासिक भूमिकाका कारण यसको रक्षा गर्ने मुख्य दायित्व एमालेकै काँधमा रहेको अध्यक्ष ओलीले बताए।
एमालेका प्रमुख सचेतक ऐन महरका अनुसार आगामी दिनमा हरेक सांसदले विषयवस्तुको गहन अध्ययन र तयारी गर्ने, विज्ञहरूसँग छलफल गर्ने र जनताका मुद्दाहरू सशक्त रूपमा उठाएर संसदमा गुणात्मक एवम् प्रभावकारी उपस्थिति जनाउनसमेत ओलीले निर्देशन दिएका छन्।
बैठकले वर्तमान सरकार लोकतन्त्र, संविधानको रक्षा र जनजीविकाका सवालहरू सुदृढ गर्न पूर्ण रूपमा चुकेको र निरन्तर स्वेच्छाचारी तथा तानाशाही बाटोमा अघि बढेको निष्कर्ष निकालेको प्रमुख सचेतक महरले जानकारी दिए। सरकारले संसद् र सांसदहरूलाई उत्तरदायी बनाउन नसकेको, सत्ताको छायामा पारेको र जनमतको उपेक्षा गर्दै सांसदहरूलाई कठपुतली बनाउन खोजेको आरोपसमेत एमालेले लगाएको छ।
No ads found for this position



डिसी नेपाल
Yesko bigreko dimag ko nirdesion bajiya thug