कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान बस्ने

डिसी नेपाल
१८ असोज २०८३ २१:४५

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान महाधिवेशन स्थल खुल्लामञ्चमा बस्ने भएको छ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशन अन्तर्गतको बन्दसत्रमा पेश गर्ने प्रतिवेदन उपर छलफल गर्नका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरिएको राससलाई जानकारी दिए।

असोज १९ र २० गते बन्दसत्रको कार्यक्रम हुनेछ। बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन तथा महामन्त्रीले विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *