कांग्रेसलाई नयाँ पुस्ताको ऊर्जा र अग्रजको अनुभवसँगै अघि बढाउनुपर्छ : गणेश लामा

डिसी नेपाल
२० असोज २०८३ ८:५२

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यका उम्मेदवार गणेश लामाले पार्टीलाई नयाँ पुस्ताको ऊर्जा र अग्रज नेताहरूको अनुभवलाई समेटेर अघि बढाउनुपर्ने बताएका छन ।

कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका लामाले आफूले लामो समयदेखि पार्टीमा काम गरेको अनुभवका आधारमा उम्मेदवारी दिएको बताए । उनले आफू दुई पटक महाधिवेशन प्रतिनिधि, दुई पटक महासमिति सदस्य र दुई पटक केन्द्रीय समितिमा रहेर काम गरिसकेको उल्लेख गरे ।

लामाले १४औँ महाधिवेशनपछि कांग्रेसले सञ्चालन गरेका ‘घर–घर नेपाली कांग्रेस, घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ लगायतका अभियानमा विभिन्न जिल्लामा पुगेर संगठन निर्माणमा योगदान गरेको बताए ।

उनले भने, ‘दोलखा, मनाङ, सर्लाहीलगायत विभिन्न जिल्लामा पार्टीलाई संगठन गर्नका निमित्र् मैले योगदान गरेको छु । पार्टीसँग रहेका साथीहरूसँग घुलमिल हुने मौका पाएँ । त्यसकारण कसरी पार्टीलाई अझ बलियो बनाउन सकिन्छ भन्ने अनुभव पनि मसँग छ ।’

लामाले कांग्रेसले विधान संशोधनमार्फत युवा, महिला, अग्रज तथा विभिन्न समुदाय र समूहको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको बताए। उनका अनुसार ३५ वर्षमुनिका नयाँ पुस्तालाई पार्टीको मूलधारमा जोड्ने गरी व्यवस्था गरिएको छ भने महिलाका लागि पनि विभिन्न तहमा प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

उनले पछिल्लो पुस्तालाई पार्टीमा जोड्दै अग्रज नेताहरूको अनुभव र युवाको ऊर्जालाई मिलाएर कांग्रेसलाई अघि बढाउनुपर्ने बताए ।

लामाले भने, ‘सिनियर नेताहरूको सल्लाह–सुझाव र युवाहरूको ऊर्जालाई मिलाएर नयाँ कांग्रेस बनाउने प्रयास भइरहेको छ । अहिले पार्टी सभापति गगनकुमार थापा पनि युवा हुनुहुन्छ र युवालाई बढी प्राथमिकता दिने गरी कांग्रेसलाई अघि बढाउन खोजिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *