समावेशीतर्फको उपसभापति पदमा विनोद चौधरीको उम्मेदवारी दर्ता

डिसी नेपाल
२० असोज २०८३ १६:१५
8
Shares

काठमाडौं। विनोद चौधरीले नेपाली कांग्रेसको समावेशीतर्फको उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।

चौधरीले उम्मेदवारी दर्ता गराउदै परम्पराको सम्मान गर्दै परिवर्तनको संकल्पका साथ नेपाली कांग्रेसलाई नयाँ ऊर्जा, नयाँ सोच र नयाँ दिशातर्फ अघि बढाउन मिलेर अगाडि बढ्ने बताएका छन्। त्यस्तै समावेशी उपसभापतिमा जीवन परियारले पनि मनोनयन दर्ता गराएका छन्।

त्यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेता सुरेन्द्रराज पाण्डे, प्रवक्ता देवराज चालिसे र डा. मिनेन्द्र रिजालले खुलातर्फ उपसभापति पदमा मनोनयन दर्ता गराएका छन्।

काँग्रेसले यस पटक वरिष्ठ उपसभापतिसहित पाँच उपसभापतिको व्यस्था गरेको छ। जसमा महिला र समावेशीलाई एक एक उपसभापति आरक्षण गरिएको छ भने खुलातर्फ २ उपसभापति र एक वरिष्ठ उपसभापति राखिएको छ। त्यस्तै महिलातर्फको उपसभापतिमा पुष्पा भुसालले उम्मेदवारी दर्ता गरेकी छन्।

काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आज साँझ ६ बजेसम्म उम्मेदवारी दर्ता हुने भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *