राष्ट्र बैंकद्वारा ३० अर्ब रुपैयाँको निक्षेप संकलन आह्वान

डिसी नेपाल
२१ असोज २०८३ ११:४५
8
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले बजारबाट ३० अर्ब रुपैयाँ झिक्न एकमहिने निक्षेप संकलन उपकरणको बोलकबोल आह्वान गरेको छ।

राष्ट्र बैंकका अनुसार उक्त निक्षेप संकलन प्रक्रियामा केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोडले भाग गर्दा निःशेष भाग जाने गरी (१० करोडको गुणांकमा) कूल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *