दशैं नजिकिएसँगै नयाँ बसपार्कमा गाउँ फर्किने यात्रुको चहलपहल बढ्यो (तस्बिर)

डिसी नेपाल
२१ असोज २०८३ १२:०३

काठमाडौं। नेपालीहरूको महान् पर्व बडादसैँ नजिकिएसँगै राजधानी काठमाडौँ छाडेर गाउँघर फर्किने सर्वसाधारणको चहलपहल ह्वात्तै बढेको छ।

काठमाडौँको मुख्य यातायात हब गोंगबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङ गर्ने र घरतर्फ लाग्ने यात्रुहरूको बाक्लो उपस्थिति देखिन थालेको छ।

दसैँमा परिवारसँग खुसी साट्न घर फर्किनेहरूले टिकट काउन्टरहरूमा लाइन बसेर गन्तव्यको टिकट काटिरहेका छन्। नयाँ बसपार्कका साथै कलंकी, कोटेश्वर र जडीबुटी जस्ता प्रमुख नाकाहरूमा पनि यात्रुहरूको आवागमन र सवारी साधनको चाप क्रमशः बढ्दै गएको छ।

घटस्थापना नजिकिँदै गर्दा र विद्यालय, कलेज तथा विभिन्न कार्यालयहरूमा दसैँ बिदा सुरु भएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको संख्या अझै तीव्र रूपमा बढ्ने अनुमान गरिएको छ।

यात्रुहरूको सहजता र सुरक्षालाई ध्यानमा राख्दै नयाँ बसपार्क क्षेत्रमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ भने यातायात व्यवसायी र प्रहरीले भाडा दरमा ठगी नहोस् भनी अनुगमन र सुरक्षा व्यवस्था कडा पारेका छन्।

तस्विर : नेपाल न्यूज बैंक


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *