राष्ट्रिय दलित आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित एक विशेष समारोहका बिच राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले उक्त प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष हस्तान्तरण गरेका हुन्।
नेपालको संवैधानिक व्यवस्था अनुसार आयोगले वर्षभरि गरेका कार्यप्रगति, गतिविधि तथा सिफारिसहरू समेटेर वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गर्ने प्रावधान अनुसार यो प्रतिवेदन बुझाइएको आयोगले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment