एमालेले मंसिर पहिलो साता काठमाडौंमा राष्ट्रिय भेला गर्ने

डिसी नेपाल
२२ असोज २०८३ १६:४८
16
Shares

काठमाडौं। नेकपा एमालेले आगामी मंसिर पहिलो साता काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ।

पार्टी स्थायी कमिटीको बैठकपछि पार्टी सचिव महेश बस्नेतका अनुसार तल्लो तहका भेलाहरू सम्पन्न गरेलगत्तै काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला गर्न लागिएको हो।

उक्त राष्ट्रिय भेलामा एमालेका प्रदेश तथा जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष र उपाध्यक्षका साथै संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूको उपस्थिति रहने सचिव बस्नेतले जानकारी दिए।

बैठकले तल्लो तहको अधिवेशनको कार्यतालिका पनि तय गरेको छ। जसअनुसार मंसिर २६ गते वडा अधिवेशन र पुस ४ गते पालिका अधिवेशन हुनेछ। वडा र पालिका अधिवेशन सकिएपछि प्रदेशस्तरीय भेलाहरू सञ्चालन गरिने एमालेले जनाएको छ।

स्थायी कमिटीको बैठक भोलि दिउँसो १ बजे पुनः बस्नेछ। आजको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी भएकी थिइन्। बैठकका क्रममा उनले पार्टीको वरिष्ठ नेताका रूपमा शपथ समेत लिएकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *