युक्रेनको आक्रमणमा रुसी टेक जायन्ट ‘यान्डेक्स’का मुख्य केन्द्रहरू क्षतिग्रस्त
काठमाडौं । युक्रेनले रूसको आन्तरिक भूभागमा प्रहार गर्ने क्रममा रुसी प्रविधि क्षेत्रका मुख्य संरचनाहरूलाई लक्षित गर्न थालेको छ। शुक्रबार युक्रेनी ड्रोनहरूले रूसको कलुगा क्षेत्रमा रहेको रुसी प्रविधि कम्पनी ‘यान्डेक्स’ को प्रमुख डेटा सेन्टरमा आक्रमण गरेका छन्। पछिल्लो दुई दिनभित्र यान्डेक्सको डेटा सेन्टरमाथि भएको यो लगातार दोस्रो ठुलो आक्रमण हो।
मस्कोको दक्षिण-पश्चिममा पर्ने कलुगास्थित यान्डेक्सको डेटा सेन्टरमा भएको ड्रोन प्रहारका कारण यसका धेरैजसो मोड्युलहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। यसअघि बिहीबार पनि मॉस्कोको दक्षिण-पूर्वमा पर्ने सासोभो सहरमा रहेको अर्को डेटा सेन्टरमा युक्रेनी ड्रोनले आक्रमण गरेको थियो, जहाँ कम्पनीका एआई मोडल विकास गर्ने सुपरकम्प्युटरहरू राखिएका थिए।
युक्रेनी हतियार निर्माता कम्पनी ‘फायरप्वाइन्ट’ का अनुसार यस आक्रमणमा ‘एफपी-१’ ड्रोनहरूको प्रयोग गरिएको छ। आक्रमणपछि यान्डेक्सका धेरैजसो डिजिटल इकाइहरूले काम गर्न छोडेका छन्।
‘रूसको गुगल’ भनिने यान्डेक्स सर्च इन्जिन, क्लाउड कम्प्युटिङ, नेभिगेसन, अनलाइन खाना अर्डर गर्ने सेवा तथा एआई सुविधाहरूमा निर्भर रहने लाखौँ प्रयोगकर्ता र अन्य व्यावसायिक एपहरू (जस्तै डेटिंग एपहरू) का डेटा ब्याकअप सुरक्षित राख्ने विषयमा चिन्ता बढेको छ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसले पछिल्ला दिनहरूमा युक्रेनका विभिन्न सहर र सर्भर सेन्टरहरूलाई लक्षित गर्दै आएका आक्रमणहरूको जवाफस्वरूप यो कदम चालिएको सङ्केत गरेका छन्। लगातारका यी आक्रमणहरूले रूसको डिजिटल तथा प्राविधिक पूर्वाधारमा गम्भीर असर पार्ने देखिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment