विदेशी मुद्राको विनिमयदरः डलर, युरो र पाउन्डको भाउ कति?

डिसी नेपाल
२७ असोज २०८३ ६:२६
132
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५४ पैसा कायम गरिएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७० पैसा तोकिएको छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २०३ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८४ रुपैयाँ ३१ पैसा कायम भएको छ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ २२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६५ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८८ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा रहँदा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २२ रुपैयाँ ९४ पैसा कायम गरिएको छ।

गन्तव्य मुलुकतर्फ साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४० रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४२ रुपैयाँ १२ पैसा एवं युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८० पैसा तोकिएको छ।

मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ ५५ पैसा र बिक्रीदर चार रुपैयाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११ रुपैयाँ ५२ पैसा रहेको छ।

त्यस्तै, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २६ पैसा र बिक्रीदर १५ रुपैयाँ ३२ पैसा, डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८८ पैसा र बिक्रीदर २२ रुपैयाँ ९७ पैसा तथा हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ।

खाडी मुलुक कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४९८ रुपैयाँ २६ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ४१ पैसा तथा ओमानी रियाल एकको खरिददर ३९७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ७८ पैसा कायम भएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने केही फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने जानकारी दिइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *