कांग्रेस महाधिवेशन: पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही सहमहामन्त्रीमा निर्वाचित

डिसी नेपाल
२७ असोज २०८३ १३:२१
8
Shares

काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री पदमा जीवनबहादुर शाही निर्वाचित भएका छन्।

कर्णाली प्रदेश संसदीय दलका नेतासमेत रहेका शाहीले आफ्ना निकटतम प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गर्दै सहमहामन्त्री पदमा जित हासिल गरेका छन्।

कांग्रेसको मिडिया सेन्टरले उपलब्ध गराएको अन्तिम नतिजाअनुसार पिछडिएको क्षेत्रबाट शाही विजयी भएको पुष्टि भइसकेको छ। यद्यपि, केन्द्रीय निर्वाचन समितिले औपचारिक रूपमा अन्तिम परिणाम घोषणा गर्न बाँकी छ।

कांग्रेसको आधिकारिक वेबसाइटमा राखिएको विवरण अनुसार पिछडिएको क्षेत्रतर्फ खसेको कुल ६ हजार ७२९ मतमध्ये ३३ मत बदर भएको थियो।

प्राप्त अन्तिम मतपरिणाम अनुसार विजयी बन्नुभएका नेता शाहीले ३ हजार ९०६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी जनकराज गिरीले १ हजार ३७६ मत प्राप्त गरे।

सैगरी सहमहामन्त्रीका अन्य उम्मेदवारहरू राजन कुँवरले ३२४ मत र रामबहादुर विष्टले २६० मत ल्याएका छन्।

यसअघि सम्पन्न १४औं महाधिवेशनमा पनि उहाँ पूर्वसभापति शेरबहादुर देउवा समूहबाट पिछडिएको क्षेत्रतर्फ सहमहामन्त्रीको उम्मेदवार बनेका थिए।

त्यसबेला उनी डा. शेखर कोइराला समूहका उम्मेदवार बद्रीप्रसाद पाण्डेसँग पराजितभएका थिए। गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा सहभागी नभएका नेता शाही पछिल्लो समय (२ असोज) देउवा समूह छाडेर पार्टीको मूलधारमा फर्किएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *