कांग्रेस खुला सहमहामन्त्रीमा रामहरि खतिवडा र अजय सिवाकोटी जित नजिक

डिसी नेपाल
२७ असोज २०८३ १४:२५
44
Shares

काठमाडौं। नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनअन्तर्गत खुलातर्फको सहमहामन्त्री पदको मतगणनामा रामहरि खतिवडा र अजय सिवाकोटीले बलियो अग्रता कायम गरेका छन्।

खुला सहमहामन्त्रीका दुई सिटका लागि भइरहेको प्रतिस्पर्धामा कुल ६ हजार ६ सय ४९ मत गणना भइसक्दा खतिवडा र सिवाकोटीले अन्य प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै जिततर्फ कदम बढाएका हुन्।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार सर्वाधिक २ हजार ७ सय ८८ मत प्राप्त गर्दै रामहरि खतिवडा पहिलो स्थानमा रहेका छन् भने उनलाई २ हजार ७२ मतसहित अजय सिवाकोटीले दोस्रो स्थानमा पछ्याइरहेका छन्।

त्यस्तै, अन्य प्रतिस्पर्धीहरूमध्ये डिल्लिराम सुवेदी १ हजार ७ सय ५९ मत ल्याएर तेस्रो स्थानमा छन् भने देवेन्द्रराज कँडेलले १ हजार २ सय ९९ मत प्राप्त गरेका छन्। चुनावी दौडमा रहेका राजीव ढुंगानाले १ हजार १ सय ८२ मत र विकास कोइरालाले १ हजार ८८ मत हासिल गरेका छन्।

यसैगरी अमृतकुमार अर्यालले ९ सय ७९ मत, रमेशप्रसाद धमलाले ७ सय ८१ मत र विमलराज क्षेत्रीले २ सय ७५ मत प्राप्त गरेका छन्। दुई पदका लागि भएको यो निर्वाचनमा सुरुआती चरणदेखि नै रामहरि र अजयले अग्रता जोगाउँदै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *