करिब १३६ किलोग्राम गाँजासहित एक जना पक्राउ
चितवन। करिब १३६ किलोग्राम गाँजासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनको मकवानपुर भीमफेदी गाउँपालिका–४ पान्द्राङ बस्ने २७ वर्षीय रन्जित सुनार रहेका छन्।
भरतपुर महानगरपालिका–२९ जुगेडीबाट अवैध लागुऔषध गाँजा करिब १ सय ३६ किलो ५ सय ग्रामसहित सुनारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले काठमाडौंबाट पथलैयातर्फ जाँदै गरेको ना.५ ख ८६७६ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा १० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक रन्जितलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment