साउदी अरबका लागि प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत

डिसी नेपाल
२८ असोज २०८३ १९:००
36
Shares

काठमाडौं। साउदी अरबका लागि नेपाली राजदूतमा प्रस्तावित गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिले अस्वीकृत भएको छ।

जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन गर्न अस्वीकार गरेको हो।

उनीमाथि मानव तस्करी, नक्कली कागजात तथा जर्मनी भ्रमणका क्रममा उत्पन्न विवादबारे संसदीय सुनुवाइ समितिमा परेका उजुरी र विवरणहरूमाथि व्यापक छलफल भएको थियो।

समितिमा प्रस्तुत भएका तथ्य, उजुरीकर्तासँगको परामर्श र प्रस्तावित राजदूत सुनारको जवाफ चित्तबुझ्दो नभएपछि समितिले निर्णय सुनाउँदै उनको नाम अस्वीकृत भएको औपचारिक जानकारी गराएको छ।

नेपालको संसदीय सुनुवाइको इतिहासमा प्रस्तावित राजदूतको नाम समितिबाट अस्वीकृत भएको यो विरलै घट्ने घटनामध्ये एक हो। उम्मेदवारको योग्यता, सार्वजनिक निष्ठा र कूटनीतिक जिम्मेवारी बहन गर्ने क्षमतामाथि गम्भीर प्रश्न उठेकाले समितिका बहुमत सदस्यहरूको निर्णयका आधारमा सुनारको नाम साउदी अरबको राजदूतका रूपमा अघि नबढाउने निर्णय गरिएको समितिले जनाएको छ।

यो पनि पढ्नुस्

प्रस्तावित राजदूत गिरीबहादुर सुनारमाथि घरेलु हिंसा र आर्थिक लेनदेनको गम्भीर आरोप


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *