ह्वीप उल्लङ्घन गरेका दुई सांसदलाई एमालेद्वारा स्पष्टीकरण, पाठकको सभापति पद खोसियो
धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले पार्टीको ह्वीप उल्लङ्घन गरेको भन्दै आफ्ना दुई प्रदेश सभा सांसदहरूसँग स्पष्टीकरण सोधेको छ।
बुधबार बसेको संसदीय दलको बैठकले पदबाट राजीनामा दिएका सांसद वीरबहादुर थापा र धर्मराज पाठकलाई ४८ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिने निर्णय गरेको हो।
बैठकले सांसद धर्मराज पाठकलाई प्रदेश सभाको सामाजिक विकास समितिको सभापति जिम्मेवारीबाट फिर्ता बोलाउँदै उनको पद खोस्ने निर्णयसमेत गरेको छ।
एमालेले मङ्गलबार बसेको प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भई बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ‘ह्वीप’ जारी गरेको थियो। तर, प्रदेश सभा बैठकमा बजेट पारित गर्ने प्रक्रिया चल्दै गर्दा पाठक र थापा दुवै जना अनुपस्थित रहेका थिए।
यसअघि मङ्गलबार नै सांसद थापाले प्रदेश सरकारको बजेटप्रति गम्भीर असन्तुष्टि जनाउँदै सांसद पदबाटै राजीनामा दिएको घोषणा गरेका थिए। उनको राजीनामा भने सभामुख भीमबहादुर भण्डारीले हाललाई प्रक्रियामा नलगी होल्ड गरेर राखेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment