प्रस्तावित राजदूत गिरीबहादुर सुनारमाथि घरेलु हिंसा र आर्थिक लेनदेनको गम्भीर आरोप

डिसी नेपाल
२८ असोज २०८३ १७:१९
16
Shares

काठमाडौं।  साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारमाथि संसदीय सुनुवाइ समितिको बैठकमा घरेलु हिंसा, आर्थिक लेनदेन र राजनीतिक निष्पक्षतासम्बन्धी गम्भीर प्रश्नहरू उठाइएको છે।

बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईंले प्रस्तावित राजदूत सुनारमाथि महिलासँगको घरेलु हिंसासम्बन्धी आरोपमा प्रहरीसम्म पुगेर मिलापत्र गरेको तथा विभिन्न पदमा बढुवा र सांसद पद मिलाइदिने भन्दै रकम असुल गरेको आरोपबारे स्पष्ट पार्न माग गरेका छन्।

सांसद चौलागाईंले दलित अभियन्ताका रूपमा काम गर्ने क्रममा करोडौँ रुपैयाँ असुल गरेको, नेपाल प्रहरीका एक डीआईजीलाई एआईजीमा बढुवा गराइदिन्छु भनी रकम उठाएको र सांसद पद मिलाइदिने नाममा समेत आर्थिक चलखेल गरेको आरोप लगाएका छन्।

त्यस्तै, प्रस्तावित राजदूत सुनारको राजनीतिक निष्पक्षतामाथि प्रश्न उठाउँदै सांसद चौलागाईंले उनी ‘हाम्रो नेपाल पार्टी’को केन्द्रीय सदस्यका रूपमा आबद्ध रहेको उल्लेख गर्दै सो राजनीतिक आबद्धता तोडे नतोडेको विषय स्पष्ट पार्न माग गरे।

सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रस्तावित राजदूत सुनारले आफूमाथि लागेका सबै आरोपहरू खारेज गरेका छन्। उनले आफू महिला हिंसाविरुद्धको अभियानमा सक्रिय रूपमा संलग्न रहेको दाबी गर्दै विभिन्न राष्ट्रिय सञ्चारमाध्यमहरूमा आफ्ना अभियान र महिला अधिकारसम्बन्धी लेख तथा समाचारहरू प्रकाशित भएको बताए।

राजदूतमा सिफारिस भएपछि १३ वर्ष पुरानो विषयलाई अनावश्यक रूपमा उचालिएको उनको भनाइ छ। उक्त घटना त्यतिबेलाको प्रेम सम्बन्धसँग जोडिएको र फोनमा सामान्य भनाभन मात्र भएको स्पष्ट पार्दै सुनारले आजको दिनसम्म आफ्नो विरुद्ध कुनै पनि प्रहरी कार्यालयमा उजुरी वा एफआईआर (FIR) दर्ता नभएको दाबी गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *