पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: मेघगर्जन र चट्याङसहित वर्षा हुने

डिसी नेपाल
२९ असोज २०८३ १८:१६
412
Shares

काठमाडौं। पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण आज र भोलि देशका विभिन्न भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानहरूका साथै पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।

यसैगरी, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

तराई भूभागतर्फ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको पूर्वानुमान गरिएको छ।

देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेकाले कृषि कार्यमा संलग्न सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई मौसमसम्बन्धी अद्यावधिक सूचना र पूर्वानुमानबारे नियमित जानकारी लिन र आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *