धनौजीका २३३ परिवारलाई लालपुर्जा वितरण
जनकपुरधाम। धनौजी गाउँपालिकाका २३३ परिवारलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरिएको छ।
धनौजी गाउँपालिकाको कार्यालयमा आज आयोजित कार्यक्रममा उक्त पालिकाका अध्यक्ष राजकुमार साहले ती परिवारलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरेका हुन्।
वि.सं. २०७२ मा नापी कार्यालयले जग्गा नापजाँच गरेको भए पनि कानुनी प्रक्रिया पूरा नहुँदा प्रमाणपत्र वितरण भएको थिएन।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment