दाङमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, घटनापछि आगलागी

डिसी नेपाल
२९ असोज २०८३ २१:४८
20
Shares

काठमाडौं । दाङमा बिहीबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका-२ रामपुर निवासी ४० वर्षीय टोपबहादुर वलीको दुर्घटनामा परी मृत्यु भएको हो। दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपक श्रेष्ठले घटनाको पुष्टि गरेका छन्।

दुर्घटना पश्चात तीव्र घर्षण र प्रकृतिका कारण मोटरसाइकलमा आगलागी भएको थियो, जसले गर्दा जलेर पूर्ण रूपमा नष्ट भएको मोटरसाइकलको नम्बर हालसम्म पहिचान हुन सकेको छैन।

यस भीषण दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् भने तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *