१२ राशिहरूको दैनिक राशिफल: आजको दिन कसको कस्तो रहनेछ?

डिसी नेपाल
३० असोज २०८३ ६:२२
96
Shares

दैनिक जीवनलाई व्यवस्थित गर्न र ग्रहगत स्थितिको प्रभाव बुझ्न ज्योतिष शास्त्रमा राशिफलको विशेष महत्त्व हुन्छ। प्रस्तुत छ, बाह्रै राशिको आजको राशिफल र फलकथन:

  • मेष: दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा लाभ लिने दिन छ। परीक्षामा सहभागी भएमा नतिजा सकारात्मक मिल्नेछ। राजनीति र सामाजिक क्षेत्रमा सेवाका अवसर प्राप्त हुनेछन्। आफूले गरेको कामबाट मन प्रसन्न हुनेछ।

  • वृष: दिन सामान्य छ। आज नयाँ काममा हात नहाल्नु उपयुक्त हुन्छ। पारिवारिक सम्बन्ध सुमधुर रहला। शिक्षा र स्वास्थ्यमा गरिएको कार्यबाट लाभ मिल्नेछ। मन प्रसन्न रहनेछ भने आम्दानी बढ्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

  • मिथुन: दिन धेरै राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट हौसला मिल्नेछ। प्रतिस्पर्धी वा विपक्षी साथीले समेत तपाईंको प्रशंसा गर्नेछन्। परिवारको साथमा रमाइलो गर्ने योग छ। स्वास्थ्य र शिक्षामा लाभ मिल्नेछ।

  • कर्कट: दिन सामान्य राम्रो छ। बोली र व्यवहारमा एकरुपता हुनुपर्ने दिन छ। यात्रा सफल बन्नेछ र शिक्षामा प्रगति हुनेछ। उपचाररत हुनुहुन्छ भने स्वास्थ्यमा सुधार आउने योग छ।

  • सिंह: दिन राम्रो छ। सामाजिक क्षेत्रमा सहयोग गर्न पाउँदा मन खुसी हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच बढ्नेछ। स्वास्थ्यमा केही समस्या आउन सक्ने भएकाले काम गर्दा सावधानी अपनाउनुपर्नेछ। आफ्नो निर्णय आफैँ गरेर अघि बढ्दा फाइदा हुनेछ।

  • कन्या: दिन सामान्य राम्रो छ। बोलीको प्रभावले रोकिएका काम बन्नेछन्। स्वास्थ्यमा भने केही समस्या आउन सक्छ। पारिवारिक सम्बन्ध र राजनीतिक क्षेत्रमा भने सकारात्मक संकेत देखिनेछन्।

  • तुला: दिन राम्रो छ। बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछन्। आज डुब्न लागेको लगानी उठ्ने सम्भावना छ। राजनीतिक र सामाजिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। स्वास्थ्यमा केही समस्या देखिन सक्ने भएकाले परिवारको सल्लाह लिएर अघि बढ्दा राम्रो हुनेछ।

  • वृश्चिक: दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् र प्रशंसा गर्नेहरूको संख्या बढ्नेछ। व्यापार-व्यवसायबाहेक अन्य क्षेत्रमा परिवारको गतिलो साथ र सहयोग मिल्नेछ।

  • धनु: दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। कार्यक्षेत्रमा पदोन्नति वा बढुवा हुने योग छ। परिवारको सल्लाह लिएर अघि बढेमा विशेष फाइदा हुनेछ।

  • मकर: दिन सामान्य छ। विरोधी वा शत्रु पक्ष सक्रिय हुन सक्छन् र काममा अवरोध आउन सक्छ। संकटको समयमा पनि दाम्पत्य जीवन सफल रहनेछ। स्वास्थ्य र शिक्षामा केही सास्ती खेप्नुपर्ने भएकाले कुनै पनि एकल निर्णय नगर्नु उचित हुनेछ।

  • कुम्भ: दिन राम्रो छ। आम्दानी बढ्नेछ र स्वास्थ्यमा लाभ हुनेछ। सामाजिक क्षेत्रमा सोचेअनुसारका काम बन्नेछन्। शिक्षामा थप मिहिनेत गरेमा अझ राम्रो उपलब्धि हात लाग्नेछ।

  • मीन: दिन राम्रो छ। धर्मकर्ममा मन जानेछ। शिक्षा र स्वास्थ्यमा गरिएको लगानीबाट फाइदा मिल्नेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन् भने परिवारको सल्लाहमा गरेको काम पूर्ण रूपमा सफल बन्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *