गोरखा दरबारको दसैँघरबाट फूलपातीको डोली हनुमानढोका पठाइयो

डिसी नेपाल
१ कार्तिक २०८३ १७:०२
4
Shares

काठमाडौ‌। बडादसैँको सातौँ दिन हरेक वर्षजस्तै यस वर्ष पनि गोरखा दरबारको दसैँघरबाट परम्परागत विधिअनुसार पूजाआजा गरी फूलपातीको डोली काठमाडौँस्थित हनुमानढोका दरबार पठाइएको छ।

शनिबार शुभसाइतमा पूजाअर्चना सम्पन्न गरी फूलपातीको डोली बा २ झ २१२८ नम्बरको गाडीमा राखेर काठमाडौं पठाइएको हो। फूलपाती बिदाइका लागि गोरखा दरबारको दसैँघरबाट बाजागाजासहित र्‍याली निकालिएको थियो।

बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन गोरखाको कालिका मन्दिरमा विशेष पूजाआजा गरिन्छ। पूजापश्चात् कालिका मन्दिरको जमरा र विभिन्न किसिमका पात तथा वनस्पतिहरू (केरा, दाडिम, धान, हलेदो, माने, अशोक, बेल र जयन्ती) लाई शास्त्रीय विधिअनुसार फूलपातीका रूपमा तयार पारिन्छ। यसरी तयार पारिएको फूलपातीलाई विशेष बाजागाजा, सलामी र मङ्गलपाठसहित गोरखाबाट काठमाडौँतर्फ पठाउने गरिन्छ।

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारमा पुर्‍याएपछि हर्षबढाइँका साथ भित्र्याउने परम्परा रहेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *