सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
सुनसरी। पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरी सदरमुकाम इनरुवा-४ स्थित बसचोकमा शनिबार अपराह्न भएको सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् घाइते भएका छन्।
लु २ ख ६९१२ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको को २५ प २७४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार इनरुवा-९, बबियाकी ५० वर्षीया रीतादेवी यादवको ज्यान गएको हो।
दुर्घटनामा परी गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल इनरुवा पुर्याइएको थियो। अस्पतालमा उपचार सुरु गर्नेबित्तिकै उनको निधन भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेम ओलीले जानकारी दिएका छन्।
उक्त दुर्घटनामा मोटरसाइकल चालक तथा मृतकका ५५ वर्षीय श्रीमान् शम्भुप्रसाद यादव घाइते भएका छन्। उनको दाहिने खुट्टा र हातमा चोट लागेको असून जिल्ला अस्पताल इनरुवामै उनको उपचार भइरहेको छ।
घटनालगत्तै प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालक नवलपरासीको बर्दघाट नगरपालिका–४ का ४८ वर्षीय बेदप्रसाद भट्टराईलाई नियन्त्रणमा लिएको छ। प्रहरीले यस विषयमा आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment