शीतल निवासमा राष्ट्रपति पौडेलबाट नवकन्याको पूजार्चना
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा नवकन्याको विधिपूर्वक पूजार्चना गरेका छन्।
बडादसैँका अवसरमा मंगलबार राष्ट्रपति पौडेलले परम्पराअनुसार ९ जना कन्याको पूजार्चना गरेका हुन्।
नवरात्रमा नवदुर्गाका प्रतीकका रूपमा नौ जना कन्याको पूजार्चना गर्ने परम्परा छ। दुर्गा भगवतीका शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नौ स्वरूपको पूजा गरिन्छ।
राष्ट्रपति पौडेलले नौ जना कन्याका गोडा धोएर टीका लगाइदिनुका साथै उपहारसमेत प्रदान गरेका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment