दुई दिनमा सशस्त्रले दियो एक हजार बढीलाई निःशुल्क बस सेवा

डिसी नेपाल
३ कार्तिक २०८३ २०:१६
8
Shares

काठमाडौं। सशस्त्र प्रहरी बल, नेपालले दशैंका लागि लक्षित गरी काठमाडौं उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवामार्फत दुई दिनमा एक हजारभन्दा बढी यात्रुले सेवा लिएका छन्।

सशस्त्रका प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीले सोमबार ४५० जना र मङ्गलबार ६१३ जना सर्वसाधारणले उक्त सेवा लिएको जानकारी दिए। उनका अनुसार सुरुमा तीन दिनका लागि निःशुल्क सुरु गरिएको उक्त सेवा आवश्यकताका अनुसार थप एक दिन थप गर्न सकिनेछ।

सशस्त्रले काठमाडौं उपत्यकाभित्र सर्वसाधारणका लागि सोमबारदेखि २ वटा निःशुल्क बस सञ्चालन गरिरहेको छ। यो सेवा बिहान ८ः०० बजेदेखि बेलुकी ६ः०० बजेसम्म सञ्चालन भइरहेको छ।

दशैंको समयमा सार्वजनिक यातायातको अभाव झेल्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्ने उद्देश्यले यो सशस्त्र प्रहरी बल, नेपाले यो सेवा सञ्चालन गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *