मुक्तिनाथ मन्दिरमा दसैं टिका हुने
मुस्ताङ। हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दसैंको टिका लगाइने भएको छ। मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले दसैंको अवसरमा सर्वसाधारणलाई टिका, जमरा र आर्शिवाद दिने कार्यक्रम रहेको बताए।
विजया दशमीको शुभ साइतको दिन अक्षता रुपी टिका, जमरा लगाएर सर्वसाधारणलाई आशिर्वाद दिइने पुजारी सुवेदीको भनाइ छ। आफन्त, मान्यजन र परिवारबाट टाढा भएका तथा अभिभावक नभएकालाई मुक्तिनाथ मन्दिरमा दशैं टीका लगाइदिने व्यवस्था गरिएको हो।
दसैंको दिन बिहान ५ बजेदेखि मुक्तिनाथमा भगवानको नृत्य आराधना सुरु हुनेछ। अराधन सकिएलगत्तै दसैंभयो। भगवानको नृत्य कर्म करिब २ घण्टासम्म चल्नेछ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment