बडादशैंको दोस्रो दिन : आज मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम जारी

डिसी नेपाल
५ कार्तिक २०८३ ७:०९
4
Shares

काठमाडौं। नेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत विजयादशमीको दोस्रो दिन (एकादशी) आज पनि मान्यजनको हातबाट नवदुर्गाको प्रसादस्वरूप रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम देशभर उत्साहका साथ जारी छ।

विजयादशमीका दिन साइतमा वा आफ्नो अनुकूलतामा टीका नलगाउन पाएका तथा टाढा-टाढा रहेका आफन्त र मान्यजनकोमा जाने क्रम आज बिहानैदेखि सुरु भएको छ। घटस्थापनाका दिन स्थापना गरिएको घडा र जमराबाट देवीको पूजा-आराधना गरी सुरु भएको दसैँको मुख्य टीका विजयादशमीदेखि सुरु भएर कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउने वैदिक परम्परा रहेको छ।

मान्यजनहरूले आफूभन्दा सानालाई निधारमा रातो अक्षताको टीका र कानमा पहेंलो जमरा लगाइदिँदै सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र प्रगतिको आशिर्वाद दिने गर्दछन्। टीकाथापोसँगै आफन्तजनबीचको भेटघाट, आत्मीयता, र मीठा-मीठा परिकारका साथ खुसी साटासाट गर्ने वातावरणले गाउँदेखि शहरसम्म दशैंको रौनक छाएको छ।

विजयादशमीको भोलिपल्ट भएकाले आज बिहानैदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा आफ्ना मान्यजन तथा आफन्तकोमा टीका थाप्न जाने सर्वसाधारणको चहलपहल बढेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *