आगामी तीन दिन अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने

डिसी नेपाल
५ कार्तिक २०८३ ९:५८
12
Shares

काठमाडौं। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने भएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराईका भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। यद्यपि कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा भने हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने देशका बाँकी हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ। यसैगरी तराईका केही स्थानमा बिहानपख हल्का हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।

महाशाखाका अनुसार शुक्रबार कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका साथै कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। देशका अन्य हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहे पनि तराईमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

यसैगरी शनिबार पनि कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ। सो दिन पनि देशका अन्य हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराईका भू-भागमा मौसम सामान्यतया सफा नै रहनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *